स्वचालित पेस्तोलसहित दुई युवा पक्राउ

0
261

जेठ १२,२०७९काठमाडौं : ललितपुरको बालकुमारीबाट एउटा स्वचालित पेस्तोलसहित प्रहरीले दुईजना युवकलाई नियन्त्रणमा लिएको छ।

युएस मेड लेखिएको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ४ राउण्ड गोली सहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

पक्राउ पर्नेहरूमा सर्लाहीका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बालकुमारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू हतियार तस्कर गर्ने व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

SHARE