बस दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो

0
250

जेठ १२,२०७९दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन्।

मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका ३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।

दुर्घटनामा परि ३९ जना घाइते भएका प्रहरीले जनाएको छ।

SHARE