जेठ ११,२०७९ : झापाको शिवसताक्षी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मृतक दुवै म्यादी प्रहरी रहेका छन्। मृतकको पहिचान र वतन प्रहरीले सार्वजनिक गरेको छैन्।
स्थानीय तहको निर्वाचनमा सुरक्षाबारका रुपमा ड्युटी सकेर गन्तव्य तर्फ जाँदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
आज बिहान को १ ख ७१८७ न नम्बरको झुल्के देवी यातायातको यात्रुवाहक बसले ठक्कर दिएको हो।