बिर्खबहादुरले स्वास्थ्य बीमा, बत्ती र पानीको शुल्क तिर्ने

0
324

जेठ १०,२०७९जुम्ला : चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष बिर्खबहादुर कार्कीले वडा भित्रका प्रत्येक घरधुरीमा निशुल्क स्वास्थ्य बीमा सहित बत्ती र पानीको शुल्क वडाले तिर्ने बताए।

नागरिकको स्वास्थ्य नै पहिलो धन हो भन्ने महत्वलाई आत्मसात गर्दै निशुल्क स्वास्थ्य बीमाको ब्यवस्था गरिएको उनले बताए।

त्यस्तै वडा भित्रका गरिब, दलित तथा जेहेन्दार वालवालिकाहरुलाई कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरिने निर्णय गरिएको छ। गरिब, दलित, जेहनदार र प्रतिभाशाली विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनका लागि आवश्यक सहयोगको प्रवन्ध मिलाइने भएको छ।

आर्थिक अभावमा कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नदिनका लागि एक शैक्षिक अक्षयकोष खडा गरिने नवनिर्वाचित वडाध्यक्ष कार्कीले बताए।

SHARE