भरतपुरमा रेनुको ३ हजारको अग्रता, जगन्नाथले कटाए ६ हजार मत

0
328
फाइल फोटो

जेठ ५ ,२०७९ भरतपुर : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

आज बिहानसम्म ३८ हजार ८६४ मतगणना हुँदा दाहालले १४ हजार ७६६ मत पाएकी छन्। उनलाई एमालेका विजय सुवेदीले ११ हजार ७६५ मतले पछ्याइरहेका छन्।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी १७ हजार ९६ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत ९ हजार ५०१ छ।

SHARE