गुल्मीका चार स्थानीय तहमा मतगणना सुरु हुन सकेन, वडा अध्यक्षका उम्मेदवार माथि आक्रमण

0
340

वैशाख ३१ ,२०७९ गुल्मीः गुल्मीका चार स्थानीय तहमा अझै मतगणना सुरु हुन सकेको छैन् ।

जिल्लाको इश्मा,मालिका ,धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा मत गणना सुरुहुन नसकेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
धुर्कोट गाउँपलिका वडा नम्वर ४ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार माथी माओवादी समर्थक कार्यकर्ताले आक्रमण गरेपछी बिवाद चुलिएको छ ।

कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गोपाल थापा सहित अन्य दुई जना घाइते भएका छन् । उनीहरुको उपचारमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार महेन्द्र भण्डारी आफै तम्घास गएपश्चात सर्वदलिय बैठक बस्न सकेकोे छैन् ।
शुक्रबार मतदान सकिएपछी माओवादी समर्थक कार्यकर्ताले थापा माथि आक्रमण गरेको त्यहाँका स्थानीयहरुले जनाएका छन् ।
सर्वदलिय बैठक बस्नका लागि आफूले समन्वय गरेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । सर्वदलिय बैठकबाट मतगणना सुरु गर्ने सहमति भएपश्चात मतगणना गर्ने कार्यलाई अगाडी बढाइने उनको भनाई छ ।

धुर्कोटमा नेकपा एमाले र माओबादी बीच गठबन्धन रहेको छ भने नेपाली कांग्रेस र एकीकृत समाजबादी बीच तालमेल भएको छ ।
एमाले र माओवादीबाट माओवादीका भुपाल पोखरेल, कांग्रेस र समाजवादीबाट कांग्रेसका महेन्द्र भण्डारी अध्यक्षको चुनावी मैदानमा छन् ।
इश्मा गाउँपालिकामा ११ बजेबाट मतगणना गर्ने गरी सर्वदलिय बैठकबाट सहमति भएको इश्मा गाउपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा पनि सर्वदलिय बैठक बस्ने तयारी भइराखेको छ ।

यस्तै गुल्मीको मुसिकोट नगरपालिकामा केहीसमय अगाडीबाट मात्र मतगणना सुरु भएको छ ।
यता रेसुंगा नगरपालिकाको वडा नम्वर १ मा नेकपा एमालेका रामप्रसाद पन्थी, २ मा नेपाली कांग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री,४ मा लिलाथर आचार्य बिजयी भएका छन् ।

SHARE