दाङ १७ मा आज मनोनयन दर्ता

0
298

वैशाख २८,२०७९ : दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का नेकपा ९एमाले० को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ।

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ। वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ। त्यसपछि मौन अवधि सुरु हुनेछ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ। कलेजो, मिर्गौला रोगका कारण चौधरीको आइतबार राति मृत्यु भएको थियो। त्यहाँ वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने छ।

SHARE