राप्रपा निकट ६० जनाभन्दा बढी युवा माओवादीमा प्रवेश

0
319

भरतपुर २४ गते : राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। उनीहरुलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो।

पार्टी प्रवेश पछि युवाहरुलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका संबाहक युवा भएको बताउनु भयो। उहाँले नव प्रवेशी युवाहरुलाई यतिवेला सबैभन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न युवाहरुलाई निर्देशन दिनुभयो। यसबखत म तपाईहरुलाई धेरै भन्न चाहन्न भन्नुहुँदै प्रचण्डले निर्वाचन पछि क्षमता र योग्यता अनुसारको पार्टीको जिम्मेवारी दिने बताउनु भयो।

राप्रपाको जिल्ला नेतृत्वमा रहेका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपा संग चुनावी गठबन्धन गरेको नेकपा एमालेमा यतिवेला खैलाबैला मच्चिन थालेको विश्लेषकहरु बताउँछन्।

SHARE