आजदेखि २७ गतेसम्म ६ ठाउँमा प्रचण्डको चुनाव लक्षित सम्बोधन

0
332
फाइल फोटो

वैशाख २२,२०७९काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चुनावी सभामा सम्बोधनमा निस्कने भएका छन्। प्रचण्डको चुनावी सभा सम्बोधनको कार्यतालिका तय भएको सचिवालयले जनाएका छन्।

प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित ६ वटा आमसभालाई सम्बोधन गर्ने भएका हुन्। प्रचण्डले आज वैशाख २२ गते चितवनको भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने छन्।

यस्तै वैशाख २३ गते काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम त्यहाँ कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह उम्मेदवार छन्। यसै गरी वैशाख २४ गते दाङको घोराहीमा प्रचण्डको सम्बोधन हुने छ।

यस्तै वैशाख २५ गते कालिकोट, २६ गते तनहुँको बन्दिपुर र २७ गते बाराको जितपुर सिमरामा प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

SHARE