पहिरो जाँदा तीन बर्षका दुई बालकको मृत्यु, एक महिला घाइते

0
295
फाइल फोटो

वैशाख २२,२०७९ जुम्ला : जुम्लाको तिला गाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागि खनेको जग माथिबाट सुख्खा पहिरो खस्दा ३ वर्षका शिशिर बोहोरा र ३ वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय रण बहादुर बोहोराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्को खस्दा उक्त घटना भएको हो।

बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए। उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

SHARE