सुनको मूल्य ह्वात्तै घट्यो

0
452

वैशाख १९,२०७९काठमाडौं :आज सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९८ हजार दुई सय तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच सय थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २९० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

SHARE