आज ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के होला निर्णय ?

0
490
फाइल फोटो

बैशाख १८,२०७९काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।

आजको बैठकले सुरक्षा प्रमुख नियुक्त गर्ने बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले आज निर्णय गर्न लागेको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बल नेपालका आइजिपी पुष्पराम केसी सहितका अधिकारीहरूले आजदेखि अनिवार्य अवकाश पाउँदैछन्।

SHARE