भरतपुर महानगरपालिकामा ५ वर्षमा भएका मुख्य-मुख्य कार्यहरू

0
202

पूर्वाधार
१. विकास एवं समृद्धिको मूल आधार सडक पूर्वाधार रहेको र यसैलार्इ पहिलो प्राथमिकतामा राखी कार्य अघिबढार्इ ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।केन्द्रीय बसपार्कको स्तरोन्‍नति।

२. संघीयसरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकैसबभन्दा लामो ८८.६ कि.मी. महानगरीय रिङ्गरोड रु. ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदनतयार भर्इ सघन शहरी विकासबाट १० कि.मि., प्रदेश सरकारबाट ८.५५ कि.मि., सडक विभागबाट १२ कि.मि. र महानगरबाट १० कि.मि. गरी जम्मा ४०.५५ कि.मि. रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको र बाँकी ४८.०६५ कि.मि. निर्माणको काम अगाडि बढिरहेको छ।

३. करिब 1 अर्बको हाराहरीमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको संघ तथा प्रदेश सरकारसहितको लागत साझेदारीमा बोलपत्र आह्‍वानको चरणमा रहेको छ।
४. यस्तै पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि रु१ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भहुनुका साथै बाइपास ४ लेन सडक विस्तारएवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ।यसैगरी हुलाकी सडकको १९ कि. मि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ कि. मि. सडक निर्माणाधीन अवस्थामा रहेको छ ।
५. भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी विधि(PPP) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भर्इ कार्य प्रारम्भ भएको छ । यसबाट निजी क्षेत्रलाइ प्रोत्साहन गर्दै विकासमा निजी क्षेत्र सँगसँगै भन्ने कार्यको उदाहरणीय नमूना प्रस्तुत भएको छ।
६. स्मार्ट सडक बत्ती योजनातथा १९ कि.मि. भूमिगत विद्युत् लाइन विस्तारको कार्य नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा अघि बढेको छ भने 78 कि.मि. सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ।

७. चार वर्षे अवधिमा ११ वटा वडा कार्यालय निर्माण सम्‍पन्‍न, ६ वटा वडा कार्यालयको तला थप गरिएको छ भने बाँकी सबै वडा कार्यालयहरूको मर्मत र स्तरोन्‍नति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाइ विद्युतीयशासनको मार्गमा अघि बढेको छ ।महानगरको सेवालाई डिजिटल प्रविधिमा आधारित वनाउनका लागि अफिस अटोमेसनको कार्य शुभारम्भ भएको छ ।
८. भरतपुर महानगरपालिकाभित्र साना ठूला गरी रू. 3 अर्ब 77 करोडको लागतमा 23 वटा आयोजनाहरू निर्माणाधिन अवस्थामा रहेका छन्। यी आयोजनाहरू सम्पन्‍न हुँदा भरतपुरमा सत प्रतिशत शुद्ध पिउने पानीको पहुँच स्थापित हुनेछ।
९. भरतपुर महानगरपालिका वडा नं. ३स्थित नगरवनको सानो मजुवामा करिव रु १ अर्व ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड (Auto Land) निर्माणका लागिDPR तयार भई निर्माणको लागि स्रोतको सुनिश्चितता भएपश्चात् कार्य अघि बढाइनेछ साथै महानगरपालिका वडा नं. २१ र वडा नं. २० मा लघु औद्योगिकग्राम निर्माणको कार्य अगाडि बढेको छ । साथै भरतपुर प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ।

पर्यटन क्षेत्र
१०. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा-सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउनसिटी हल बनाउनेकार्यअनुरुपमहानगरपालिकाकोपहलएवंशहरी विकास मन्त्रालयबाटरु. १ अर्व ८५ करोडको लागतमासिटी हल (City Hall)निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ।
११. नारायणी नदी किनारलाई Sea Beach मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा बृद्धि गर्ने प्रयोजनको लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल निर्माण कार्य सम्पन्न गरेको छ । साथै अन्य कामको लागि पर्यटन विभागबाट रु. ७ करोडको टेन्डर भर्इ कार्य अघि बढेको छ।
१२. महानगरपालिकाभित्र लक्ष्मीनारायण मन्दिर, पहुँच मार्गसहितको रानीपोखरी पार्क 25 करोड 5 लाख 98 हजार रूपैयाँमा ठेक्का सम्झौता भइ काम अगाडि बढि सम्पन्न हुने चरणमा रहेको छ। साथै, खुल्ला जिमखाना, हरियाली प्रवर्द्धन लगायतका वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको छ।
१३. महानगरपलिकाले अम्ब्रेला स्ट्रिट भ्यू Point निर्माणमार्फत आन्तरिक आम्दानीमा टेवा पुर्र्याएको छ साथै गोलाघाट र चौकी डाँडामा भ्यू टावर निर्माणाधिन अवस्थामा रहेका छन्।

विपद् व्यवस्थापन
१४. महानगरमा आपतकालीन कार्य सञ्‍चालन केन्द्र स्थापना गरी विपद्जन्य जोखिमहरुको तत्काल सम्बोधन र व्यवस्थापन गर्न सक्ने गरी महानगरपालिकाको वडा तहसम्म क्षमता विस्तार गर्ने लक्ष्य राखिएको छ।
१५. शारदानगर खानेपानी आयोजना, जखडिमाई खानेपानी आयोजना, दिव्यनगर खानेपानी आयोजना, पार्वतीपुर खानेपानी आयोजना, मेघौली खानेपानी आयोजना र धनगढा खानेपानी लगायतकापरियोजनाले गर्दा महानगरपालिकाको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुगेको छ।

स्वास्थ्य
१६. यसै गरी भरतपुर अस्पतालमा रु ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भर्इ हस्तान्तरण हुनुको साथै भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स-रे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिने लक्ष्य राखिएको छ भने शिवनगरमा 50 शैयाको आयूर्वेदिक अस्पताल सञ्‍चालनको चरणमा रहेको छ।
१७. भरतपुर महानगरपालिकामा हाल ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ ।जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न तथा ८ वटा भवन निर्माणाधीन अवस्थामा छन यसबाटस्वास्थ्य सेवामा जनताको सहज पहुँच स्थापित हुनेछ। सङ्घीय सरकारको लगानीमा वडा नं. 15 मा एक सय शैयाको शिक्षक अस्पताल निर्माण हुने भएको छ।
सामाजिक विकास
१८. लैङ्गिक हिंसा पीडित तथा प्रभावित महिलाहरुका लागि सुविधासम्पन्न पुनर्स्थापना गृह स्थापनाको लागि संघ तथा प्रदेश सरकारको सहयोग तथा महानगरपालिकाको साझेदारीमा अघि बढाउन महानगरपालिका प्रतिबद्ध रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।
१९. २ वर्ष अघि २०७६ कार्तिक ९ गते मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघसंस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको दृष्टान्त सबैलार्इ सर्वविदितै छ।जुन कुराले हामी सबैलाई गर्वको अनुभूति भएको कुरा स्मरण गराउन चाहन्छु।
२०. hg cfGbf]ng, hgo’4 / dw]; cfGbf]ng nufot /fhg}lts cfGbf]ngdf zfxbt k|fKt ug]{ ;lxb kl/jf/, j]kQfsf kl/jf/ / 3fO{t]x?nfO{ hLjg lgjf{x ;xof]u :j?k dfl;s ?= @))) pknJw u/fpg] sfo{ljlw tof/ e} cfj]bg lbg Ps dlxg] ;”rgf k|sfzg e};s]sf] 5 .
कृषि तथा पशु
२१. किसानलक्षित गरी प्रतिलिटर दूधमा विगतमा प्रदान गरिएको रू.१ अनुदानलार्इ वृद्धि गरी प्रतिलिटर रू. ३ पुर्याइएको छ भनेमहानगर दूध, मासु र मत्स्यमा आत्मनिर्भर भएकोछ।
२२. पशु विकासको क्षेत्रमा विद्यमान कार्यक्रमहरूलाई निरन्तरता दिँदै “एक वडा एक पशु सेवा प्राविधिक” को व्यवस्था, अत्याधुनिक सुविधा र प्रविधियुक्त पशु बधशाला, गौशालाको निर्माण, भेटेरीनरी एम्वुलेन्सको व्यवस्था र शाखा एवम् सेवाकेन्द्रहरूलाई यन्त्र-उपकरण सहितको भौतिक पूर्वाधारयुक्त बनाउन संघ तथा प्रदेश सरकारसँग साझेदारी गर्न महानगरपालिका तत्पर रहेको छ।
२३. कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिमा अहम् भूमिका रहने सिंचाई क्षेत्रको विकास तथा प्रवर्द्धनमा महानगरले विशेष महत्व दिएको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाई सम्पन्न गरी ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता गरिएको छ ।
२४. कृषिको आधुनिकीकरणका लागि कृषि यान्त्रीकरणको आवश्यकता महसुस गरी महानगरले कृषि यान्त्रीकरणमा लगानी गरेको छ । विगत वर्षमा कृषि सहकारीहरुलाई ६ वटा ट्याक्टर, ४ वटा बीउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्वाइन हारवेस्टर वितरणबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकरात्मक भूमिका खेलेको छ।
वातावरण तथा फोहोरमैला व्यवस्थापन
२५. फोहोर मैलाको दिगो व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा DPR बनेको छ । रु १ अर्व २५ करोड लागतमा यही पौष १५ गतेभित्र G to G सम्झौता मार्फत वैज्ञानिक फोहोर व्यवस्थापनको कार्य थालनी हुनेछ।
२६. देवघाटमा रु ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन रहेको छ ।
२७. महानगरपालिकाले यातायात सेवालार्इ प्राथमिकतामा राखी प्रदेश सरकारको सहकार्यमा यातायात कार्यालय स्थापना गरी सबै प्रकारका सवारी साधनकोदर्ता तथा सवारी चालक लाइसेन्स परीक्षाका लागि प्रकृया अघि बढाएको छ।साथै विद्युतीय चार्जिङ्ग स्टेशनको निर्माणको कार्य पनि अघि बढेको छ।यसबाट महानगरपालिकाको आम्दानीमा दोव्वर वृद्धि हुने अपेक्षा गरिएको छ ।
भू-संरक्षण
२८. विगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले अतिक्रमित ६६ बिगाहा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरेको छ|
२९. भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरुयोजनाको अन्तिम प्रतिवेदन प्राप्त भएको छ । सोको श्रोत सुनिश्चितता पश्चात् निर्माण कार्य अघि बढ्ने छ।
३०. नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालिन समाधानका लागि 6 अर्बको हाराहरीमा नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ।
शिक्षा
३१. शिक्षा क्षेत्रमा विगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले अनुकरणीय अभ्यासको थालनी गरेको छ । यस अवधिमा करीब ६ हजार विद्यार्थीहरु सामुदायिक विद्यालयमा बढेका छन् भने आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७% बाट बृद्धि भई शैक्षिक सत्र २०७७ मा ५.५३% ले बृद्धि भई ६२% पुगेको छ ।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको छ ।कुल साक्षरता दर ९८.५ % रहेको छ। नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ।“हाम्रो गौरव हाम्रो भरतपुर” विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम लागू गरिएको छ ।शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको छ।संस्थागत विद्यालयहरुको साझेदारीमा २३९ जना विद्यार्थीहरुलाई मेरिट वेसमा पूर्ण छात्रवृत्ति प्रदान गरी नेपालकै उदाहरणीय कार्य थालनी गरिएको छ ।
३२. भरतपुर महानगरमा सामुदायीक विद्यालयको शैक्षिक स्तरोन्‍नती भएपछी हाल कुल अध्ययनरत करिब 36000 विद्यार्थहरूबाट वृद्धिभइ 42000 अध्ययनरत रहेका छन्
३३. भरतपुर बालमन्दिरमाअटिजम विशेष विद्यालय स्थापना गरी सवै प्रकारका बालबालिकाहरूलाई शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ। शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेशन(STEM Education)कार्यक्रमको थालनी गरिएको छ।समग्र शिक्षाको विकासको लागि महानगरपालिकाको आन्तरिक आयको १२.५प्रतिशत बजेट विनियोजन गरिएको छ।
३४. साहित्य, कला, संस्कृतिको उत्थानको लागि ‘महानगर साहित्य दर्पण”,२०७८ प्रकाशनमा ल्याइएको र भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारीमा रहेको छ।
आर्थिक/राजश्‍व
३५. स्थानीय तहको निर्वाचन भई पदाधिकारी आउनुपूर्व भरतपुर महानगरपालिकाको आन्तरिक आम्दानी रू.४० करोड ४२ लाख मात्र रहेकोमा गत आ.व. २०७७/०७८ मा १ अर्व ५ करोड आम्दानी प्राप्तभई चालु आ.व.का लागि १ अर्ब २० करोड लक्ष्य राखिएको छ।
सूचना प्रविधि
३६. “कोही नछुटून् कोही नदोहोरिऊन्” भनी सबै वडा कार्यालयबाट कम्प्युटरकृत प्रणालीद्वारा घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणमा नागरिकको पहुँच विस्तार गरिएको छ। साथै, महानगरपालिकाको विकासमा ६७वटा गैरसरकारी संघ संस्थाले रु. ४८ करोड लागतको साझेदारीसहित कामहरू अगाडि बढिरहेका छन्।

SHARE