भरतपुरर भौगोलिक रुपमा नेपाल ७५ जिल्लामा ९हाल ७७ जिल्ला० वर्गीकृत हुँदा नै चितवनको भरतपुरलाई ७६ औं जिल्लाको नामले मान्छेहरु अथ्र्याउँथे । गोरखा, लमजुड, बागुलड, पर्वत लगायत विभिन्न जिल्लाबाट सुगमता र सहजताको खोजी गदै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो हुन थालेपछि यसलाई ७६ औं जिल्लाको उपमा दिन थालिएको हो ।
जनघनत्व वढ्ने र नयाँ सहरमा परिणत हुँदा समेत बदलिंदो समयको गतिलाई भरतपुरले पक्डिन सकेको थिएन । ५ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहर सुस्ताएको थियो ।
नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदा समेत भरतपुरसँग कुनै विकासको मोडेल थिएन । अब्यवस्थित शहर, नारायणी तटबन्धले वर्षेनी ब्यहोनुपर्ने हैरानीले भरतपुरवासीलाई सधै झै विझाईरहन्थ्यो ।
साविकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चितवन नगरपालिका र कविलास गाउँ विकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पूर्नसंरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नती गरेपछि यो भरतपुर महानगरपालिका बनेको हो ।
भरतपुर महानगरमा स्तरोन्नती त भयो, तर महानगर हुनका लागि चाहिने प्रर्याप्त पूर्वाधारको विकास थिएन । त्यही वीच महानगरको नेतृत्व गर्ने गरी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएर आइन् ।
जव रेनु महानगरको मेयरमा निर्वाचित भइन्, भरतपुरवासीका लागि उनी विधाता बनेर आईन् । त्यसपछि हो भरतपुरले काँचुली फेर्न थालेको ।
अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको अग्रणी सहरमा पर्छ । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर तेस्रो नम्बरमा छ । हालै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ ।
त्यो भरतपुर, यो भरतपुर !
२०७४ अगाडीसम्म भरतपुरमा मान्छेहरुको घनत्व मात्रै वढेको थियो, तर पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । रेनु दाहाल जब मेयर बनेर भरतपुरमा आइन्, त्यसपछि चितवनमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो । जनताले बाटो घाटो को (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए । मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफनो कामको शुरुआत गरिन् ।
४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमाउनी मेयर भएर आएपछि ग्राभेको काम गरिन् । केन्द्रीय बसपार्कको स्तरोन्नतीमा उनले ध्यान खिचिन् । आफ्नै बाबु पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी केन्द्रको अध्यक्ष तथा राष्ट्रिय राजनीतिको केन्द्रीय मियो रहेका बेला उनले केन्द्रीय बजेट र परियोजना पनि भरतपुरमा प्रसस्तै भित्राइन् ।
संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङ्गरोड रु ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारिन् । त्यसपछि उनले सघन शहरी विकासबाट १० कि.मि., प्रदेश सरकारबाट ८.५५ कि.मि., सडक विभागबाट १२ कि.मि. र महानगरबाट १० कि.मि. गरी जम्मा ४०.५५ कि.मि. रिङ्गरोडको काम अगाडी बढाइन् । बाँकी ४८.०६५ कि.मि. निर्माणको काम पनि अहिले अगाडि बढिरहेको छ ।
पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडी बढाइन् । साथै उनले बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढाइन् । त्यस्तै, हुलाकी सडकको १९ कि.मि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट को सहायक राजमार्ग खण्डको ८ कि.मि. सडकको काम पनि सँगसँगै अगाडी बढाइन् ।
यसले सडक पूर्वाधारको क्षेत्रमा रेनुले महानगरको रुपरंगनै बदल्ने कोसिस गरिन् ।
अहिले भरतपुर महानगरको भित्री भित्री सडकहरु पनि पिच भएको छ । यसले चितवनको स्वरुप नै बदलेको छ ।
राष्टिय गौरवका आयोजना ५ वर्ष अगाडीसम्म भरतपुरवासीको कल्पना मै थिएन । नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन । वर्षेनी त्यहाँ बजेट छुटिटएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम नै हुदैनथ्यो । जति बजेट आउथ्यो, त्यो बालुवामा पानी खन्याएको सरह मात्रै हुन्थ्यो ।
न त्यसरी वर्षेनी आएको बजेटले कुनै दीर्घकालिन काम हुन्थ्यो, न तटबन्ध निर्माणकै तत्कालिन काम नै पनि पूरा हुन्थ्यो ।
तर नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालिन समाधानका लागि रेनु मेयर निर्वाचित भएर आएपछि उनले एउटा मोडालिटी तयार पारिन् । अनुमानित बजेटको लेखाजोखा गरिन् । झण्डै ६ अर्वको हाराहरीमा अहिले नारायणी तथा राप्ती नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ । यसले एउटा ब्यवस्थीत जग निर्माण भएको छ । त्यस क्षेत्रका जनताले आय आम्दानीको अतिरिक्त स्रोतको खोजी गर्न पनि पाएका छन् । नारायणीमा अहिले रयाफटिङ लगायतका लागि भीड नै लाग्छ मान्छेहरुको ।
पर्यटनको क्षेत्रमा ठूला–ठूला लगानीका होटल भरतपुर क्षेत्रमा अहिले भित्रिरहेका छन् । मेघौली, पटयानी, जगतपुर, गोलाघाट जस्ता ठाँउहरुमा पर्यटन पूर्वाधारको विकास भएको छ । कविलास गढीहरुमा नयाँ –नयाँ होटलहरु खुलेका छन् ।
एकातिर यसले रोजगारीको सिर्जना गरेको छ भने अर्कोतिर ढूला लगानीहरु चितवनमा भित्रिएका छन् । जुन ५ वर्ष अगाडी उभिएर सोच्दा यसको कल्पना सायदै चितवन भरतपरबासीले गरेका थिए । यो वीचमा भरतपुरमा कृर्षि विश्वविधालय नै बनेको छ । प्राविधिक क्षिक्षा, वैकल्पिक शिक्षा त भनिन्थ्यो, तर त्यसभित्र के गर्ने ?विकल्प थिएन पहिले । तर अहिले विकल्पसहितको कृर्षि विश्वविधालय भरतपुरमा छ ।
शैक्षिक सस्थाहरु सुधारिएका र फेरिएका छन् । ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले यस क्षेत्रमा अनुकरणीय अभ्यासको थालनी गरेको छ । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७५ बाट बृद्धि भई शैक्षिक सत्र २०७७ मा ५.५३५ ले बृद्धि भई ६२५ पुगेको छ । यो पछिल्ला वर्षहरुमा पनि लगातार बृद्धि भईरहेको छ ।
कुल साक्षरता दर ९८। ५ प्रतिशत पुगेको छ
नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ । “हाम्रो गौरव हाम्रो भरतपुर”विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम महानगरपालिकाले लागू गरेको छ ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य महानगरले गरेको छ । संस्थागत विद्यालयहरुको साझेदारीमा २३९ जना विद्यार्थीहरुलाई मेरिट वेसमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने काम महानगरले गरेको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी सवै प्रकारका बालबालिकाहरूलाई शिक्षामा पहुँचको सुनिश्चितता गरेको देखिएको छ। शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेशनकार्यक्रमको थालनी महानगरले गरेको छ ।
महानगरपालिकाको आन्तरिक आयको १२.५प्रतिशत बजेट शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ।
एमविविएस पढने भरतपुरका विधार्थीले लभगभ ४० हजार छात्रवृत्तिमा पाउने ब्यवस्था महानगरले मिलाएको छ । छात्रालाई स्कुल आवतजावतका लागि साइकलको ब्यवस्था महानगरले गरेको छ । मेयरसँग छात्रा कार्यक्रम त्यसमा जोडिएको छ । कतिपय ठाँउमा स्कुल बस थिएनन । महानगरले नै स्कुल बसको ब्यवस्थापन समेत गरेको छ ।
बोडिङ सरह पढार्इ गर्ने भनेर अग्रजी माध्यममा नमुना विधालय छनौट गरेर पढाई शुरु भएको छ । पश्चिम चितवनको मेघौलीमा रहेको सरस्वती मावि जस्ता विधालयलाई स्मार्ट विधालयका रुपमा घोषणा गरिएको छ ।
५ वर्ष अगाडीको तुलनामा यो वीचमा झण्डै ६ हजार बढी विधार्थीहरु सामुदायिक विधालयमा बढेका छन् । अहिले करिव ४२ हजार विधार्थी भरतपुरमा सामुदायिक विधालयमा अध्ययन गर्ने गरेका छन् । यसले गुणस्तरीय शिक्षाका लागि महानगरले दीर्घकालिन सोच राखेर कसरी काम गर्न खोजेको छ ?भन्ने रुपरेखा झल्काएको छ ।
पर्यटकीय नगरी सौराहमा सिटि हल बनिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा÷सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु १ अर्व ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ।
अन्तराष्टिय क्रिक्रेट मैदन निर्माणको काम महानगरपालिकाले अगाडी बढाईरहेकै छ ।
यति मात्रै होइन, भरतपुर कृर्षि क्षेत्रमा पनि अहिले फेरिएको छ । किसानलक्षित गरी प्रतिलिटर ३रुपैया अनुदान दिने ब्यवस्था गरिएको छ । यो खालको अनुदान दिने ब्यवस्था सम्भवत नेपालमै पहिलो हो । महानगरमा दूध, मासु र मत्स्यमा आत्मनिर्भर बनेको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाई का कामसम्पन्न भएको छ । ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता महानगरले गरेको छ ।
विगत वर्षमा कृषि सहकारीहरुलाई ६ वटा ट्याक्टर, ४ वटा बीउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्वाइन हारवेस्टर वितरण महानगरले गरेको छ । यसबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकरात्मक भूमिका खेलेको देखिएको छ।
आपतकालिन भवन महानगरले बनाएको छ । पहिले बाढी आउँदा बस्ने ठाँउ थिएन । तर अहिले विपदको बेला बस्न काम लाग्ने गरी आपतकालिन भवन महानगरपालिकाले रेनु मेयर भएपछि नै बनाएको छ । महानगरपालिकाभित्र साना ठूला गरी रू ३ अर्ब ७७ करोडको लागतमा २४ वटा आयोजनाहरू निर्माणाधिन अवस्थामा छन्। यी आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा सत प्रतिशत शुद्ध पिउने पानीको पहुँच स्थापित हुने देखिएको छ ।
भरतपुर अस्पतालमा ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माणभएको छ । जुन अहिले हस्तान्तरण समेत भईसकेको छ । भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्सरे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिने योजना महानगरले अहिले बनाएको छ । त्यस्तै, शिवनगरम ५० शैयाको आयूर्वेदिक अस्पताल सञ्चातलन हुने चरणमा छ ।
रेनु महानगर मेयर निर्वाचित भएर आएदेखि यो ५ वर्षको अवधीमा ४० वटा स्वास्थ्य संस्था स्थापना महानगरपालिकाले गरेको छ । जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न भएको र ८ वटा भवन निर्माणाधीन अवस्थामा छ । सङ्घीय सरकारको लगानीमा महानगरको वडा नं १५ मा एक सय शैयाको शिक्षक अस्पताल निर्माण हुने क्रममा छ । देवघाटमा रु ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीनअवस्थामा छ । महानगरपालिकाले अतिक्रमित ६६ बिगाहा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरेको छ ।
वर्षैसम्म भोकाधिकार पाउन नसकेका भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भुमिहीन दलित परिवारलाई रेनुले लालपुर्जा समेत वितरण गरेकी छिन् । उनी मेयर भएर भरतपुर महानगर हाक्न आउनु अगाडी ४० करोड ४२ लाख मात्र महानगरको आम्दानी रहेकोमा गत आ.व. २०७७÷०७८ मा १ अर्व ५ करोड आम्दानीमहानगरको पुगेको छ ।
यस हिसावले महानगर आर्थिक रुपमा पनि अहिले सबल बन्दै जान थालेको छ ।
भरतपुरबासीलाई फेरि रेनुकै आश
गएको ५ वर्षमा देशका ६ महानगरपालिका मध्ये भरतपुर महानगरले मात्रै महिा मेयर पाएको थियो । फेरि उनले महिला भएपनि अन्य महानगरका मेयरले भन्दा वढी नै विकास र समृद्धिको क्षेत्रमा काम गरिन् । उनले जति स्थानीय तहको जिम्मेवारी लिएर आएदेखि अन्य कुनै मेयरले त्यो स्तरमा काम गर्न सकेनन ।
यस अर्थमा रेनु दाहाल ५ वर्ष भरतपुरको मेयरमा सफल भेयरका रुपमा चिनिइन् ।
उनले आफुले सकेजति काम गरिन् पनि । जनताले उनलाई जे अपेक्षा गरेर मत दिएका थिए, त्यो मतको उनले सक्दा सम्म सम्मान गरिन भन्ने नै अहिले भरतपुरबासीको वुझाई पनि देखिन्छ । उनी आफै पनि भन्छिन्, –‘मैले त आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनुभयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ ।’
भरतपुरमा अझै रेनुले खोलेको विकास र समृद्धिको ट्याक्रलाई गति दिन धेरै बाँकी छ । त्यही अधुरो काम गर्न उनी फेरि एकपटक मेयरका लागि सत्तागठबन्धनका साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छिन् ।
‘जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर समग्र विकासलाई ध्यानमा राखेर एकचोटि तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने मत छ। यहाँको वस्तुगत आवश्यकता पनि होला। अहिलेको स्थितिलाई थेग्ने खालको लिडरसीप अबको आवश्यकता हो। यसलाई निरन्तरता दिने खालको अहिलेको नेतृत्व अबको आवश्यकता र समयको माग हो। त्यही भएर पनि होला जनताले फेरि एकपटक मेरैं नेतृत्व भरतपुरमा खोजिरहनु भएको छ । त्यही कारण फेरि म उम्मेदवार बनेर आएको छु’ रेनु भन्छिन् ।
को हुन् रेनु दाहाल ?
झट्ट बुझ्दा रेनु दहाललाई नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को छोरीका रुपमा चिनिन्छ । तर उनको पहिचानलाई नै मारेर प्रचण्डको छोरी भएकै कारण राजनीतिमा चार्मिक भएको भनेर परिचित गराईनुमा उनि प्रति अन्याय हुने देखिन्छ । किनभने रेणुले आफ्नो इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको उनको प्रोफाइल गहिरो गरी अध्ययन गर्दा देखिन्छ ।
उनको जम्म वि.सं २०३३ साल असार २६ गते भएको थियो । उनी राजनीति बुझने भएदेखि नै कम्युनिष्ट राजनीतिमा लागिन् । १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बाबु प्रचण्ड जस्तै भूमिगत भएर काम गरिन् ।
जनयुद्ध कालमा उनले प्रवास तथा देशको बिकट ग्रामिण क्षेत्रमा संगठनात्मक रुपमा नेतृत्वदायी भूमिकामै रहिन् । उनि भरतपुरको मेयरमा टपक्कै टिपेर ल्याइएकी पात्र भने होइनन् । भरतपुरको मेयर हुनुपुर्व नै उनी संविधान सभा सदस्य भईसकेकी थिइन् ।
०६४ जेठ १३ गते देखि २०७९ जेठ १४ सम्म उनि संविधानसभा सदस्य थिइन् । उनी माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० को महासचिवको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन् ।
उनले माओवादी केन्द्रको पोलिट ब्युरो सदस्यको रुपमा पनि काम गरेकी अनुभव छ । युद्धकालमा उनी माओवादी आधारइलाकाको रुपमा रहेको रोल्पाको जिल्ला सहइन्चार्ज सम्मको जिम्मेवारीमा थिइन् ।
पछि उनी काठमाडौंमा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा पनि थिइन् । त्यतीमात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रुपमा प्रवासमा रहेर संगठन निमार्णमा खटिएकी थिइन् ।