माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै एमाले, काँग्रेस र समाजवादीका वडा अध्यक्ष र सदस्यले फिर्ता लिए उम्मेदवारी

0
318

बैशाख १६,२०७९ रुकुम : नेकपा एकीकृत समाजवादी चौरजहारी नगरपालिका वडा नम्बर एकका अध्यक्षका उम्मेदवार वीरबहादुर गिरीले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ।

नेकपा (माओवादी केन्द्र) का चौरजहारी नपा–१ काअध्यक्षका इन्द्र गिरीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो।

त्यस्तै वीरबहादुरले माओवादीबाट चौरजहारी नगरपालिकाको मेयरका उम्मेदवार पुष्प वादी र उपमेयर इश्वरी शर्मालाई सघाउने पनि बताउनु भएको छ।

यसैबीच नेकपा एमाले र नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यका ३ जना उम्मेदवारले पनि माओवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

चौरजहारी नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको तर्फबाट सदस्य पदका उम्मेदवार टीकाराम नेपाली र इन्द्र सार्कीले उम्मेदवारी फिर्ता लिनुभएको हो। त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट वडा नं. ७ कै दलित महिला सदस्य पदका उम्मेदवार शान्ता विकले पनि उम्मेदवारी फिर्ता लिनुभएको हो।

उहाँहरु तीनै जनाले माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारहरुलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनु भएको छ।

SHARE