कोन्ज्योसोम गाउँपालिका गठबन्धनले जित्ने निश्चित

0
417

सूर्य सुवेदी
बैशाख १४,२०७९ललितपुर : कोन्ज्योसोम गाउँपालिका ललितपुर जिल्लाको कर्णाली भनेर चिनिने बिकट स्थानमा भएको गाउँपालिका हो । यो गाउँ पालिकामा जम्मा ५ वटा वडाहरु छन । गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष ,उपाध्यक्ष सहित तीन वटा वडा नेकपा (माओवादी केन्द्र) ले जितेको थियो भने दुई वटा वडा नेपाली काङ्ग्रेसले जितेको थियो । २०७४ मा यस पालिकामा नेकपा एमालेले शुन्य नतिजामा चित्त बुझाउनु परेको थियो ।

२०७४ को नतिजा
स्थानीय तहको निर्वाचन २०७४ मा कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका गोपिलाल सिंतानले १ हजार ७ सय ९८ मत ल्याई पालिका अध्यक्षमा बाजि मारेका थिए । सो निर्वाचनमा काङ्ग्रेसको तर्फबाट उमेदवार बनेका राजनप्रसाद घिमिरेले १ हजार ७सय ३२ मत प्राप्त गरेका थिए भने नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार रहेका कृष्णमान लामाले १ हजार ४ सय ७८ मत प्राप्त गरेका थिए । त्यसै गरि उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मिङमा लामा १ हजार ९ सय ३३ मत ल्याई निर्वाचित भइन् भने काङ्ग्रेसका उम्मेदवार लक्ष्मी लोप्चन १ हजार ४ सय ४५ मत र एमाले उमेदवार सुस्मिता घिमिरेले १ हजार ४सय५७ मत प्राप्त गरेकी थिइन् ।

वडाको अबस्था
२०७४ को स्थानीय निर्वाचनमा यो पालिकाको पाँच मध्ये तीन वटा वडा माओवादी केन्द्रका उम्मेदवारहरुले जितेका थिए । वडा नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार सन्तलाल लामा ३ सय ४३ मत ल्याई बिजय हुदा काङ्ग्रेस उमेदवार चित्रराज थिङले १ सय ३५ मत र एमाले उम्मेदवार तेजबहादुर लामाले २ सय ४२ मत प्राप्त गरेका थिए ।

यस्तै वडा नम्बर दुईमा माओवादी उम्मेदवार ध्रुवप्रसाद घिमिरे ४ सय ७० मत ल्याई बिजय हुदा काङ्ग्रेसका अमर लामा ३ सय ९ र एमाले उमेदवार कबिन्द्र कुमार लामाले ४ सय ३२ मत प्राप्त गरेका थिए ।

वडा नम्बर ३ मा काङ्ग्रेस उम्मेदवार तिलकबहादुर भोम्जन ३ सय ७२ मत ल्याई विजयी हुँदा माओवादी उमेदवार उद्धव प्रसाद घिमिरे १ सय ३५ मत, एमाले उम्मेदवार रामशरण मगरले ३ सय ८ मत पाएका थिए ।

यसैगरी यो पालिकाको वडा नम्बर ४ मा काङ्ग्रेस उमेदवार तिर्थबहादुर घलान ३ सय ७२ मत ल्याई विजयी हुदा माओवादी उमेदवार कबेल घलान २ सय ९० र एमाले उम्मेदवार गणेश बहादुर घलानले १ सय ८९ मत प्राप्त गरेका थिए ।

वडा नम्बर ५ मा माओवादीले उम्मेदवार सुबिन्द्र तमाङ ६ सय ३४ मत ल्याई विजयी हुदा काङ्ग्रेस उमेदवार दिपक तमाङले २ सय ४४ मत र एमाले उम्मेदवार सानुकान्छा लामाले २ सय ११ मत प्राप्त गरेका थिए ।


२०७९ को कोन्ज्योसोम

स्थानीय निर्वाचन २०७९ मा आइपुग्दा यो पालिकामा मतको लेखाजोखा धेरै फेरिएको छ । दुई ठुला दल काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) सहित पाँच दलिय गठबन्धन यो पालिकामा भएको छ।

यो पालिकामा गठबन्धनका तर्फबाट कुनै वागि उमेदवार रहेका छैनन् । अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिंतानलाई गठबन्धनले टिकट दिएको छ भने उपाध्यक्षमा काङ्ग्रेसका राजन प्रसाद घिमिरेले गठबन्धन तर्फबाट टिकट पाएका छन । घिमिरे २०७४ को निर्वाचनमा गोपिलाल सिंतानसँग अध्यक्षमा प्रतिस्पर्धामा थिए । २०७४ को मत परिणाम र माओवादी र काङ्ग्रेसले पाएको मत जोड्दा ३ हजार ५ सय ३० हुन आउछ । यसमा एमाले त्यो समय पाएको १ हजार ४ सय ७८ मत घटाउदा गोपिलाल सिंतान २ हजार ५२ मत भन्दा बढि मतले निर्वाचित देखिन्छ भने उपाध्यक्ष राजन प्रसाद घिमिरे १ हजार ९सय २० मत भन्दा धेरै मतले निर्वाचित देखिन्छ । २०७४ को मत अनुसार वडा नम्बर १ मा गठबन्धन उमेदवार २सय ३६ ,वडा नम्बर दुईमा ३ सय ४७, वडा नम्बर तिनमा २ सय ९२ ,वडा नम्बर चारमा ६ सय ६६ र वडा नम्बर ५ मा ६ सय ६७ मतान्तरले जित्नेछन।

SHARE