दोस्रो कार्यकालका लागि धुर्कोटमा पोखरेलले दिए उम्मेदवारी

0
221

बैशाख १३,२०७९ गुल्मीः आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धुर्कोट गाउँपालिकामा भुपाल पोखरेलले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् ।

सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पोखरेलले नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका हुन् । दोस्रो कार्यकालका लागि पार्टीको गाउँ कमिटी बैठकले पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुरुप आज उनले उम्मेदवार दर्ता गरेका हुन् ।

आफुले पहिलो कार्यकालमा सुरु गरेका कतिपय विकासका कामहरु अधुरै रहेकोले दोस्रो कार्यकालका लागि उम्मेदवार दिएको पोखरेलले बताए ।

आफ्नो कार्यकालमा धुर्कोट गाउँपालिका नेपालमा तेस्रो तथा लुम्बिनी प्रदेशमा पहिलो भएकोले अझै एक कार्यकाल पालिका अध्यक्ष भई जनताको सेवा गर्न चाहेको पोखरेलको भनाई छ ।

SHARE