अर्घाखाँची सहित सवारी दुर्घटनामा ७ जनाको मृत्यु

0
281

बैशाख १३,२०७९ काठमाडौं : देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। ​

धनुषा क्षिरेश्वरनाथ नगरपालिका(५ सिन्धुली टोलस्थित सडकमा रोकी रहेको ना।२ ख ८६२४ नम्बरको ट्रकमा लु।८३ प ८६५१ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना पुरूषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

भक्तपुर, मध्यपुरथिमी नगरपालिका(४ चारदोबाटो चोकमा बा।४ ख ८५८१ नम्बरको टिपर र बा। प्र ०२(०२३ प ७७६९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा स्कुटर चालक चाँगुनारायण नगरपालिका(३ झौखेल ठकुरी गाउँ बस्ने काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका(६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्घाखाँची : सन्धिखर्क नगरपालिका(८ छेँडास्थित सडकमा लु।११ प ८६३९ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(२ भद्रिखोला बस्ने ६९ वर्षीय बलराम पौडेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दार्चुला, शैल्यशिखर नगरपालिका(२ स्थित सडकमा ना।५ ख १८०८ नम्बरको बसले किच्दा सोही ठाउँ बस्ने महेश कपाडीको छोरा ६ वर्षीय अमृत कपाडीको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही बिषयलाई लिएर स्थानीय बासिन्दाले बसमा आगो लगाउँदा बस पूर्णरुपमा क्षति भएको छ।

सर्लाही, बसवरिया गाउँपालिका(४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए १५४६ नम्बरको डिजे रथको ठक्करबाट सोही ठाउँस्थित मामा घर बस्ने गोडैता नगरपालिका(११ सिसौटिया घर भएकी प्रेमलाल पंडितकी छोरी ७ वर्षीया लक्ष्मीनिया पंडितको सोमबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि स्थानिय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

SHARE