३५ हजार २२१ जना जनप्रतिनिधि बन्न १ लाख ४ हजारको आवेदन

0
397
फाइल फोटो

बैशाख १३,२०७९काठमाडौं : वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन्।

३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैको आवेदन परेको निर्वाचन आयोगले जनाएको छ। जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन्।

देशभरका निर्वाचन कार्यालयबाट आइतबार र सोमबार गरेको मनोनयन दर्ताको संख्या सोमबार राति ११ बजेसम्मको संख्या आयोगले अद्यावधिक गरेको हो।

मनोनयन दर्ताको समय सकिएपनि रुजु गर्ने काम भइरहेकाले उम्मेदवार संख्या अझै थपिने आयोगले जनाएको छ।

SHARE