स्यानिटरी गोदाममा भीषण आगलागी हुँदा ६ करोडको क्षती

0
280
फाइल फोटो

बैशाख १२,२०७९ काठमाडौं : मध्यपुर थिमी नगरपालिका–५ कमेरोटारस्थित ग्रिनवेयर स्यानिटरी गोदाममा भीषण आगलागी भएको छ। स्थानीय राजन प्रजापतिको स्यानिटरी गोदाममा आगलागी भएको हो ।

राति शुरु भएको आगो जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै नियन्त्रणमा लिएको थियो।

महानगरीय प्रहरी वृत्त थिमीका नायब उपरीक्षक हरिनन्दन चौधरीले गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामान जलेर नष्ट भएको जानकारी दिए।

प्रारम्भिक अनुसन्धनमा करिब रु छ करोड बराबरको क्षति भएको उनको भनाइ छ।

SHARE