धादिङमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

0
248

बैशाख ११,०७९धादिङ : धादिङमा कार दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ।

थाक्रे गाउँपालिका–७ जुँगेखोलामा बस र कार आपसमा ठोक्किँदा कारमा सवार ४ भारतीय सहित कार चालकको मृत्यु भएको हो।

काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा भारत उत्तरप्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल, राकेश अग्रवाल रहेका छन्। उनीहरु चारैजना अन्दाजी ३५ देखि ४५ वर्षका छन्।​

विमलचन्द्रको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने साधना, सन्ध्या र राकेशको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका फोकल पर्सन ९डिएसपी० जागेश्वर भण्डारीले जानकारी दिए।

नेपाल आएको टिकटमा उल्लेख भएअनुसार भारतीय चारै जना एउटै गाउँका हुन्। उनीहरु एउटै परिवारको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटनामा कार चालक तनहुँका दिलबहादुर बस्नेतको पनि मृत्यु भएको छ। चालक बस्नेतको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाको सिसिटिभी क्यामेरामा कैद भएका दृष्य हेरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर अपूर्व ढुंगानाले बताए।

सामान्य घुम्ती र उकालो बाटोमा कारले ट्याक्सीलाई उछिन्ने क्रममा बसमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। बैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौं फर्कंदै थिए।

सोमबार काठमाडौंबाट दिल्ली जाने टिकट समेत भारतीय नागरिकको साथमा फेला परेको प्रहरीले जनाएको छ। भारतीय चारैजना यही बैशाख ७ गते दिल्लीबाट नेपाल भ्रमणमा आएका रहेछन्।

SHARE