चितवनमा गठबन्धनबाहिर नजान कांग्रेस सभापतिको निर्देशन

0
332

बैशाख १०,२०७९ चितवन : नेपाली कांग्रेस चितवनले गठबन्धनको सहमतिअनुसार केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कसैले पनि कुनै काम नगर्न निर्देशन दिएको छ।

जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ति निकालेर केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनपार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको प्रमुख पदमा उम्मेदवार रहने गरी गठबन्धनको केन्द्रीय संयन्त्रले निर्णय गरेपछि केही कार्यकर्ताले त्यसलाई नमान्ने भनि गरेका प्रतिक्रियामाथि सभापति खनालले उक्त निर्देशन दिनुभएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु।’

‘आसन्न पालिका चुनावमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसात् गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ।

SHARE