गीता बस्याल पाण्डे
बैशाख ४,२०७९ गुल्मीः पहिले खाद्यन्न र खचाखच मानिसहरु बोक्ने स्टिमर अहिले मेला पर्वमा मात्र सीमित हुन थालेको छ ।
स्याङजाको आधिमुहान मिर्मी देखी सेतीबेनी सम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा जलयातायातबाट पहिले खाद्यन्न र मानिसहरु खचाखच बोक्ने स्टिमर अहिले मेला पर्वहरुमा मात्र सीमित भएको छ ।
गुल्मी खण्डको कालीगण्डकी करिडोर र पर्वत खण्डको कालीगण्डकी लोक मार्ग खुलेपछि अहिले कहिले मेला पर्व र धर्म कर्म गर्ने मान्छेहरु आउँछन् भनेर ब्यबसायीहरु पर्खेर बस्नु बाहेकको बिकल्प छैन् ।
मेला पर्वहरुमा मानिसहरु आवत जावन गर्ने गरेता पनि पहिलेका तुलनामा त्यो पनि न्यून मात्रामा रहने गरेको ब्ययबसायीहरुले बताउँदै आएका छन् ।
कहिलेकाही भर्मण आउँनेहरुले स्टिमर रिर्जव गरेर सेतिबेनी शिला शालीग्रामको दर्शन गर्न आउने जाने गर्ने गरेता पनि नियमित रुपमा यात्रुहरुको अभाबका कारण चल्न नसकेको शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।
गुल्मी खण्ड ,स्याङजा र पर्वत खण्डमा जताततै मोटरबाटोहरुको पहुँच भएका कारणले पनि स्टिमर संचालनमा प्रभाब परेको उहाँको भनाई छ ।
नयाँबर्षको बैशाख १ गते बिहीबार केही मात्रामा यात्रुहरु भएता पनि विगतका बर्षहरुमा भन्दा कम भएको प्रालिले जनाएको छ । नहुनु भन्दा बिहीबार केही मात्रामा यात्रुहरु हुँदा पनि आफूहरुलाई सन्तोष मिलेको भट्टराईले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय स्याङजाबाट २०६२ सालमा स्विकृत लिएर संचालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई संचालनमा आएको छ ।
पहिले १२ वटा साना ठूला गरी स्टिमरहरु रहेता पनि हाल भने चार वटा मात्रै संचालनमा रहेको भट्टराइले बताउनुभयो ।
प्रतिब्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दूई सय रुपियाँ निर्धारण गरिएको छ भने रिर्जवको लागि दूई हजार देखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाई छ ।
कालीगण्डकी नदिमा मिर्मी देखि सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेट सम्मको रहने भट्टराइले जानकारी दिनुभयो ।