सल्यानमा चट्याङ लागेर ३ जना घाइते

0
303

बैशाख १,२०७९सल्यान : सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ३ जना घाइते भएका छन्।

कपुरकोट गाउँपालिका– ४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र १२ वर्षीय नाति दिनेश थापा घाइते भएका हुन्।

घरमै सुतिरहेको बेला बिहीबार बिहान करिव ३ बजेतिर उनिहरूलाई चट्याङले लागेको थियो। घाइतेहरुको उद्दार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ।

चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ।

SHARE