
चैत१६,०७८ काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास ९बिमस्टेक० सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दैछन्।
देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट बिहान ९ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए।
श्रीलंकामा आज बिमस्टेकको पाँचौं शिखर सम्मेलन शुरु हुँदैछ। श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुख भर्चुअल रुपमा सहभागी हुँदैछन्।

नेपालको तर्फबाट बिमस्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बोमा पुगिसकेका छन्।






