कपिलवस्तुको महोत्सवमा पिङ भाँचिँदा १४ जना घाइते ,३ जना गम्भीर

0
262
फाइल फोटो

चैत१२,२०७८ कपिलबस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिकाको जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा पिङ भाँचिँदा १४ जना घाइते भएका छन्।

शुक्रवार साँझ अवलोकनकर्ता खेलिरहेको डुंगा पिङ भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रेमप्रसाद रेग्मीले जानकारी दिए। घाइतेमध्ये तीनजना गम्भीर रहेको उनले बताए।

घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्केका र सातजनाको कपिलवस्तुमै उपचार भइरहेको छ। घटनाबारे थप छानबिन भइरहेको एसपी रेग्मीले बताए।

SHARE