७ जना जुवाडे पक्राउ

0
285

चैत ६,२०७८ दाङ : दाङमा प्रहरीले ७८ हजारभन्दा बढी रकमसहित जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय कृष्णकुमार गुप्ता, तुलसीपुर(१२ बस्ने २९ वर्षीय टोपेन्द्र बुढामगर, तुलसीपुर(७ बस्ने ३७ वर्षीय राजेश श्रेष्ठ, तुलसीपुर(५ बस्ने ३० वर्षीय साहिद राई, सोही वडाका २४ वर्षीय राज खान, ३४ वर्षीय ईश्वरी रावत र बाँके नेपालगन्ज उपमहानगरपालिका(१६ बस्ने २४ वर्षीय सलमान साह रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

तुलसीपुर(५ बसपार्क स्थित ग्रीनभ्याली होटलमा जुवातास खेलाउने गरेको भन्ने सूचनाको आधारमा शनिबार साढे २ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालको कमान्डमा गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ७८ हजार १२० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै प्रहरीले खोलिएका ३ गड्डी तास समेत बरामद गरेको जनाएको छ।

SHARE