जंगली मौरीले टोक्दा १६ जना घाइते

0
277

चैत १,२०७८चितवन : चितवनमा जंगली मौरीले टोक्दा १६ जना घाइते भएका छन्।

मंगलबार साँझ ५ बजे रत्ननगर नगरपालिका–६ सौराहामा निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका उनीहरूलाई एक्कासी मौरीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आक्रमणबाट घाइते हुनेमा सिन्धुली कमलामाई नगरपालिका–४ की तुलसा श्रेष्ठ, केदार श्रेष्ठ, शान्ता श्रेष्ठ, मरिण नगरपालिका–७ का कृष्णनारायण श्रेष्ठ, दीपक माझी, शारदा श्रेष्ठ, धनकुमारी श्रेष्ठ, काजीलाल श्रेष्ठ, भगवती श्रेष्ठ, दानबहादुर श्रेष्ठ, कल्याण श्रेष्ठ, सुजाता श्रेष्ठ, कबिर श्रेष्ठ, राधा श्रेष्ठ, राधिका श्रेष्ठ र पारू श्रेष्ठ रहेका छन्।

यीमध्ये केहीको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको बकुलहर सरकारी अस्पताल टाँडीमा उपचार भइरहेको छ।

SHARE