आज पहाडी भूभागमा वर्षाको सम्भावना

0
164
फाइल फोटो

फागुन २७,२०७८काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज पहाडी भू(भागका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रवार बिहान देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहे पनि अन्य भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू(भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भू(भागको मौसम भने सामान्यतः सफा रहने छ।

गण्डकी, बागमती र प्रदेश १ को उच्च हिमाली भू(भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

SHARE