तोलामा २ हजार बढ्यो सुनको मूल्य

0
210

फागुन २२,२०७८काठमाडौं : आज सुनको मूल्य २ हजारले बढेको छ।

२ हजारले बढेर सुन आज एक लाख १ हजार ९ सय पुगेको छ। शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको थियो।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

SHARE