आकासियो पेट्रोलको मुल्य

0
375

फागुन १९,२०७८काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज ९बिहीबार० मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रूपैयाँ भएको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ३३ रूपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ३६ रूपैयाँ कायम गरेको छ।

निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रति सिलिन्डर मूल्य भने १ हजार ५ सय ७५ रूपैयाँ यथावत राखेको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको र यसबाट निगमलाई एक महिनामा नै अर्बौं घाटा हुने भन्दै निगमले विज्ञप्ति जारी गरेको एक साता पनि नपुग्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

SHARE