घुस लिएको आरोपमा मेयर पक्राउ

0
194

फागुन १५,२०७८ :रौतहटमा एक मेयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियारको टोलीले दुई लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।

सोही नगरपालिका(१ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।

SHARE