फागुन १४,२०७८काठमाडौं :नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसिसी पास गराउन संसद बहिस्कार गरेर सहयोग गर्ने प्रचार गलत भएको बताएका छन्।
सामाजिक संजालमा लेख्दै श्रेष्ठले आफूहरुले एमसिसी विफल पार्न विपक्षमा मतदान गर्ने उल्लेख गरेका छन्।
‘एमसिसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलताका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौं। श्रेष्ठले लेखेका छन्, ‘संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ।
यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो।