
फागुन५,०७८गुल्मीः नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीका भातृ संगठनद्वारा एमसिसिको विरोधमा जुलुस प्रर्दशन गरिएको छ ।
पार्टीको विध्यार्थीहरूको संगठन अनेरास्ववियू ९क्रान्तिकारी० र युवाहरूको संगठन वाइसीएलको आयोजनामा जुलुस पर्दशन गरिएको हो । बुधबार बेलुका जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको प्रर्दशनमा माओवादी कार्यक्रताहरू जुलुस सहित एमसिसिको विपक्षमा प्रर्दशनमा उत्रिएका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला संयोजक वीर बहादुर कार्कीले युवा र विध्यार्थीले गरेको विरोध कार्यक्रममा पार्टीको साथ रहने प्रतिवद्वता व्यक्त गरे । अमेरिकाले दिने भनेको सहयोगमा थुप्रै असमान सम्झौताहरू रहेकोले त्यसलाई शंशोधन नगरिकन पास गर्न नहुने धारणा राखे ।

पार्टीले सडक र सरकारमा रहेर एमसिसिको विरोध गरेकोले सरकारमा रहेका नेताहरूले जस्ताको त्यस्तै पास गर्न नसक्ने उल्लेख गरे ।
त्यस्तै अनेरास्ववियू क्रान्तिकारी का केन्द्रीय सदस्य भरत चन्दले जबरजस्ती एमसिसि पास गर्न खोजिए त्यसको अझ कडा प्रतिवाद गर्ने बताए । विगतदेखि नै अनेरास्ववियू क्रान्तिकारी राष्ट्र र राष्ट्रियताको पक्षमा बलियो ढंगले उभिएको स्मरण गर्दै उनले अहिले पनि आवश्यक परे जस्तोसुकै आन्दोलनमा उत्रिन आफुहरू बाध्य हुने बताए ।
प्रदर्शन कार्यक्रमा पार्टीका नेता, नगरकमिटीका विभिन्न पदाधिकारी, पत्रकार, विध्यार्थी एवम् युवाहरूको उपस्थिति रहेको थियो ।






