साहित्यकार तारानाथ शर्माको निधन

0
365

फागुन ३,२०७८काठमाडौं : वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ।

आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल चुडामणि रेग्मी लगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ।

खास नाम तारानाथ शर्मा भएपनि डा। ताना शर्माबाट उनी चिनिएका थिए। उनको जन्म वि। स। १९९१ असार ९ गते बरबोटे, इलाममा भएको थियो।

SHARE