तीन दिनसम्म वर्षा र हिमपात

0
302
फाइल फोटो

माघ १९,२०७८काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज रातिदेखि मौसम बदली भई पहाडी तथा तराईमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने जनाइएको छ।

बुधबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रही बाँकी भागमा सामान्यतः सफा रहेको छ। तर‚ आजदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा पानी पर्नुका साथै हिमपात हुने मौसमविद वरुण पौडेलले जानकारी दिए।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा तथा बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी तथा तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद पौडेलले जानकारी दिए।

बिहीबार गण्डकी र लुम्बिनी प्रदेशको एक,दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसमविद पौडेले बताए।

SHARE