हल्का वर्षाको सम्भावना

0
339
फाइल फोटो

माघ १८,२०७८काठमाडौं :पश्चिमी वायुको प्रभावले आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलवार बिहान हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार राती बाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ।

मंगलवार बिहान हाल पहाडी भू(भागमा आंशिक बदली रही तराईका भू(भागमा हुस्सुर कुहिरो लागेको छ। दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

SHARE