वर्षा र हिमपातको सम्भावना

0
348
फाइल फोटो

माघ ११,२०७८काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज पहाडी भू(भागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू(भागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बाँकी भू(भागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

SHARE