माघ ४,२०७८काठमाडौं : कोरोनाविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय सरकारले गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो।
गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले खोप अभियान चलाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए। विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने उनले बताए।