ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

0
14

पुस २८,२०७८ : मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–३ स्थित सोल्टी पुलमा बिहान ट्याक्टरको ठक्करबाट क्याम्पस गइरहेका २१ वर्षीय निश्चल बानियाँको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ।

आज बिहान साढे पाँच बजे प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ।ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

SHARE