पेस्तोलसहित पक्राउ

0
173

पुस १९,२०७८पर्सा :महोत्तरीबाट सशस्त्र प्रहरीले फेरि युएस मेड लेखेको पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार साँझ महोत्तरी लुहारपट्टी–९ पिपरादी इलाकाबाट सशस्त्रको खुट्वा पिपरादी वेसबाट गएको छिन्नमस्ता बाहिनी मातहतको टोलीले पेस्तोलसहित सोही ठाउँका २४ वर्षीय युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय मोहमद राजा कवाडी रहेको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासले जनाएको छ। कवाडीले बोकेको पेस्तोलसहित ९ एमएमको गोली पनि बरामद भएको प्रहरीले जनाएको छ।

योसहित पछिल्लो एक हप्ताको अवधिमा सुनसरी, धनुषा, बारा र महोत्तरीबाट पाँचवटा साना हतियार र गोलीसहित ६ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चार भारतीय र दुई नेपाली युवक छन्।

SHARE