राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु

0
267

पुस १७,२०७८काठमाडौं : राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको छ। राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन्। पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन्। त्यस्तै‚ मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन्। आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ। आगामी फागुन २० मा नेकपा ९एमाले०का आठ, नेपाली कांग्रेसका तीन, नेकपा ९एकीकृत समाजवादी०का चार र राष्ट्रपतिबाट मनोनीत एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको छ।

SHARE