आज देशभर वर्षा र हिमपात

0
305
फाइल फोटो

पुस १३,२०७८काठमाडौं :आज पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानदेखि नै सुदूरपश्चिमका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात भइरहेको मौसमविद बरुण पौडेलले जानकारी दिए। पश्चिमी वायु विस्तारै सुदूरपश्चिमबाट कर्णाली हुँदै पूर्वतर्फ सर्ने क्रममा रहेको पौडेलले बताए।

मंगलबारदेखि देशभर नै हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हिमपात हुने मौसमविद पौडेले जानकारी दिए। आज देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रही हल्कादेखि मध्यम वर्षा र हिमपात हुने जनाइएको छ।

SHARE