सुन आज प्रतितोला १ हजार रूपैयाँले बढ्यो

0
177

मंसिर २,२०७८
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९२ हजार ५ रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

SHARE