
मंसिर २९,२०७८काठमाडौं : बुधबार संक्रमणक कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ। यस्तै,३०० जना कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ३५ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
देशभर पछिल्लो समय ११ हजार ९ सय ९४ जनामा कोरोना परीक्षण गर्दा थप २८० जनामा संक्रमण पुष्टि भएको छ।












