मंसिर १४,२०७८ गुल्मीःलुम्बिनी प्रदेशका मख्य मन्त्री कुलप्रसाद केशीले नेकपा एमालेको यात्रा अब नारायणी देखी देबघाट तर्फ लागेको टिप्पणी गरेका छन् ।
सोमबार नेकपा माओबादी केन्द्र धुर्कोट गाउँपालिकाको दोस्रो सम्मेलन उद्घाटन गर्दै मन्त्री केशीले एमालेको यात्रा जात्रै जात्रा भएकाले नारायणी देखी देबघाट तर्फ जान लागेको टिप्पणी गरेका हुन् ।
बर्तमान राजनीतिक अबस्था हेर्दा अब एमालेको यात्रा नारायणी देखी देबघाट तर्फ जान लागेको देखिएको भन्दै मन्त्री केशीले त्यता तर्फ नजान सुझाब दिएका छन् ।
अन्य पार्टीहरुको खुलेर बिरोध गर्ने केपी ओलीले आफनै पार्टीमा भएको जात्रा भने नदेखेको बताए ।
अर्को एक फरक प्रसंगमा मन्त्री केशीले देशमा भएका राजनीतिक तथा अन्य परिबर्तनहरु माओबादीकै कारण भएको दाबी गरेका छन् ।
संघियता ,गणतन्त्र ,समाबेशीता लगायतका परिबर्तनहरु माओबादी केन्द्रका अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको बताए ।
बिगत तीन बर्ष अघि देखी माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यागी नेता भएकाले त्यसको फाइदा केपी ओलीले उठाएको उनले बताए । प्रचण्डले धेरै त्याग गर्दै आएको उल्लेख गर्दै मन्त्री केशीले प्रचण्ड नै परिबर्तनको संवाहक भएको दाबी गरे ।