म्याग्दीमा जिप दुर्घटना हुँदा २ को मृत्यु ६ घाइते

0
165

मंसिर१३,२०७८म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका(१ बेगखोलाको चिलाउने खर्कमा यात्रुवाहक बोलेरो जिप आज साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

म्याग्दीको सदरमुकाम बेनीबाट सामानसहित यात्रु लिएर गाउँतर्फ लागेको ग १ ज ७२५२ नम्बरको जिप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा यात्रु खिमनाथ शर्मा र खिमु पुनको मृत्यु भएको छ भने घाइते ६ जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले समेत दुई यात्रुको मृत्यु भएको पुष्टि गर्दै ६ जनालाई बेनी अस्पताल ल्याइएको जानकारी दिए। दुर्घटनामा चालक दुतबहादुर थापासहित ८ यात्रु सवार थिए। घाइतेमध्ये दुईजना गम्भीर रहेको बताइएको छ।

SHARE