अबैध १२२ किलो गाँजासहित पक्राउ

0
166

कात्तिक २४,२०७८मकवानपुर : अवैध लागुऔषध गाँजासहित प्रहरीले बुधबार बिहान एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

SHARE