भैलोले लग्यो २२ बर्षीय युवकको ज्यान

0
170

कात्तिक २१,०७८जनकपुरधाम : महोत्तरीमा देउसी खेल्न गएको एक युवकको मृत्यु भएको को छ। ईलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशाला नगरपालिका वडा ४ रजखोरमा शनिबार राती ट्रयाक्टरबाट लडेर एक युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा गौशाला नगरपालिका वडा ४ रजखोर बस्ने २२ वर्षीय अजय राना रहेको प्रहरीले जनाएको छ। २०(२५ जनाको एक समुह भाइटिकाको दिन देउसी भैली खेल्न साँझ ट्रयाक्टरमा बसेर रजखोर देखी रामनगर तर्फ जाने बेलामा दुर्घटना भएको थियो।

ट्रयाक्टरबाट लडी टाउकोमा चोट लागी गम्भीर घाइते रानालाई तत्कालै उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर लगिएको र उपचारको क्रम उनको मृत्यु भएको गौशाला ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिए।मा एक जना प्रशासकीय अधिकृतको भरमा नागरिकता र राहादानी

SHARE