झण्डै ९ लाखसहित तीन जना पक्राउ

0
199

कात्तिक १५,२०७८कैलाली : स्रोत नखुलेको पौने ९ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङको मष्टा गाउपालिका–१ कोटदेवलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का छ। उनीहरूको साथबाट ८ लाख ६९ हजार नेपाली र तीन हजार दुई सय भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

‘गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका–४ स्थित होटल अमन प्लाजाबाट पक्राउ गरेको हो,’ विष्टले भने।

चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको रकमसहित सुन जस्तो देखिने ३४।३६० ग्राम गरगहना र ७३७।८७ ग्राम चाँदी जस्तो धातुका विभिन्न गहना र समान पनि बरामद गरिएको विष्टले बताए। प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको छ।

SHARE